२२ जेठ २०८३, शुक्रबार

१२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

असोज ११, २०८१
काठमाडौं
१२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइने भएको छ । 

कूल अनुमानित ४७.४ करोड रुपैयाँ लागतको उक्त परियोजनाका लागि नेपालस्थित भारतीय राजदूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शुक्रबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

१२ वटा परियोजनामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माण, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालय भवनको निर्माण, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन निर्माण, दैलेखको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण रहेका छन् । 

null

यस्तै सप्तरीको खुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माण, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालय भवन निर्माण, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालयको भवन निर्माण, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजना निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्र भवन निर्माण, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसूति केन्द्र निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको निर्माण रहेका छन् ।

null

 यी परियोजनाहरू स्थानीय तहमार्फत कार्यान्वयन गरिने नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरू उपलब्ध गराउन मद्दत मिल्ने दूतावासको विश्वास छ । 

भारतले नेपालमा आज समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरूसहित  सन् २००३ यता ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्