
काठमाडौंको वनस्थलीस्थित नालीमा खसेका मोटरसाइकल चालक तीन घण्टा बित्नलाग्दा पनि फेला परेका छैनन् ।
शुक्रवार राति ९ बजेसम्ममा पनि उनी फेला नपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
वनस्थलीस्थित अन्नपूर्ण चौकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका हुन् ।
शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई ढलले बगाएको हो ।
मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।
बेपत्ता चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।