१९ असार २०८३, शुक्रबार

सिन्धुलीमा शिक्षक र विद्यार्थी बढीमा फसे

असोज ११, २०८१
काठमाडौं
सिन्धुलीमा शिक्षक र विद्यार्थी बढीमा फसे

सिन्धुलीको दुम्जामा ३१ जना बाढीमा फसेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् । 

बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी  र  अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका हुन् ।
उनीहरुको तत्काल उद्धार गर्ने अवस्था नरहेको उनले बताए । यद्यपि उच्च दाउ नै भएकाले उनीहरु खासै खतरामा भने नरहेको बताइएका.े छ । 

salt training

कमेन्ट गर्नुहोस्