०४ असार २०८३, बिहीबार

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

असोज ११, २०८१
काठमाडौं
प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ  लेबनान र  सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् । 

त्यसअवसरमा सिरियाका फोर्स कमान्डर तथा लेवनानका डेपुटी फोर्स कमाण्डर र सिनियर नेशनल अधिकृतले  लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापतिलाई जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सो क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएको पनि निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्