२२ जेठ २०८३, शुक्रबार

पहिरोमा पुरिएर पाँचथरमा आमाछोरीको मृत्यु, तीन जना भागेर बाँचे

असोज १२, २०८१
काठमाडौं
पहिरोमा पुरिएर पाँचथरमा आमाछोरीको मृत्यु, तीन जना भागेर बाँचे

पहिरोमा पुरिएर पाँचथरमा आमाछोरीको मृत्यु भएको छ ।

निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।

उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

पहिरोमा परी आज बिहानतिर दुवैजनाको मृत्यु भएको हो । मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्