०२ असार २०८३, मंगलबार

नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

असोज १२, २०८१
काठमाडौं
नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

ललितपुरको नखिपोटस्थित नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

आज बिहान सवा ९ बजतिर ललितपुर महानगरपालिका-४ स्थित कान्तिपुर कोलोनीमा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन् ।

उनीहरूको खोजी भइरहेको डीएसपी थापाले बताए । 

यसअघि आजै बिहान बल्खु खोला किनारमा एउटा शव फेला परेको थियो । शवको सनाखत भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्