२२ असार २०८३, सोमबार
क्षतिको अपडेट

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो, ४० जना बेपत्ता

असोज १२, २०८१
काठमाडौं
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो, ४० जना बेपत्ता

बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी/पहिरोमा परी देशभरमा १९ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार १९ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काभ्रेमा ६, पाँचथर र भक्तपुरमा समान ३, सिन्धुपाल्चोक र धनकुटामा २/२ तथा काठमाडौं, ललितपुर र धादिङमा १/१ जनाको मृत्यु भएको थापाले जानकारी दिए ।

उनका अनुसार काभ्रेमा १०, मकवानपुरमा ६, पाँचथरमा ५, ललितपुर, भक्तपुर, काठमाडौं र झापामा ४/४ तथा धादिङमा ३ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोले १८५ घरमा क्षति पुगेको छ भने १०७२ जनाको सकुशल उद्धार गरिएको छ । बाढीपहिरो पीडितको उद्धारमा १८३५ सशस्त्र प्रहरी परिचालन भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्