
काठमाडौँ महानगरपालिकाले अविरल बर्षाको प्रभावमा परेका विद्यालय आइतबार बन्द गरेर सरसफाइ गर्न सकिने जनाएको छ ।
महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयको नाममा एक सूचना जारी गर्दै यस्तो अवस्था भएमा विद्यार्थी, अभिभावक र महानगरपालिकामा गराउन आग्रह गरेको छ ।
‘अबिरल वर्षाका कारण विद्यालय परिसर जलमग्न भई विद्यालयमा नियमित पठनपाठन गर्न अनुकुल वातावरण नभएका विद्यालयहरुले मिति २०८१।६।१३ गते आइतबार विद्यालयको पठनपाठन सञ्चालन नगरी उपयुक्त सुरक्षा सावधानी अपनाउँदै विद्यालय सरसफाई गरी तत्पश्चात मात्र विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाई सो को जानकारी विद्यार्थी, अभिभावक र महानगरपालिकामा दिनुहुन निर्देशानुसार अनुरोध छ’, महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ।