
अविरल वर्षापछि देशका विभिन्न स्थानमा पुगेको जनधनको क्षतिपछि सरकारको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा सिंहदरबारमा सरकारमा रहेकासहितका संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक शुरू भएको हो ।
बैठकमा सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, लोसपा, जसपा, जसपा नेपालसहितका दलका नेता सहभागी छन् ।
बैठकमा दलका प्रतिनिधिहरूले सरकारलाई बाढी र पहिरो पीडितको उद्धार राहतलाई प्रभावकारी बनाउन सुझाव दिने तयारी गरेका छन् ।
सरकारले पनि घाइतेको नि:शुल्क उपचार गर्ने र उद्धार राहतलाई प्रभावकारी बनाउने, क्षति पुगेका सडकको मर्मत गर्ने, पहिरो पन्छाउनेसहितका कामलाई छिटोभन्दा छिटो अघि बढाउने बताएको छ ।