२१ जेठ २०८३, बिहीबार

सूर्यविनायकले मृतकका परिवारलाई एक लाख दिने

असोज १५, २०८१
काठमाडौं
सूर्यविनायकले मृतकका परिवारलाई एक लाख दिने

भक्तपुरको सूर्यविनायक नगरपालिकाले गत शनिबारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । 
    
गत शनिबारको पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्ज्याङ नैचालका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्