३१ असार २०८३, बुधबार

घुससहित पक्राउ परेका लेखा अधिकृतलाई सफाइ दिएपछि अख्तियारले गर्‍यो सर्वोच्चमा पुनरावेदन

असोज १५, २०८१
काठमाडौं
घुससहित पक्राउ परेका लेखा अधिकृतलाई सफाइ दिएपछि अख्तियारले गर्‍यो सर्वोच्चमा पुनरावेदन

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत विनोद भनिने पद्मविनोद पोखरेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अख्तियारले मंगलवार सर्वोच्चमा पुनरावेदन दिएको हो । 

२०८० असार २६ गते पोखरेलले घुषबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारले अनुसन्धान गरी साउन ३२ गते विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर, विशेषले प्रमाण नपुगेको भन्दै  फागुन १८ गते सफाइ दिएको थियो । 

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार घटनाको मुचुल्का र तथ्य प्रमाणको विश्लेषण नै गरी विशेषले आरोपितलाई कसूर तथा सजायबाट उन्मुक्ति दिलाउने मनसायले प्रतिवादीलाई सफाइ दिएको र उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावेदन दिइएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्