२१ जेठ २०८३, बिहीबार

इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने इरानको धम्की

असोज १५, २०८१
काठमाडौं
इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने इरानको धम्की

इरानको इस्लामिक रिभोलुसनरी गार्डले इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ मिसाइलहरु प्रहार गरिएको  सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै रिभोलुसनरी गार्डले विज्ञप्तिमा उल्लेख गरेको छ । 

इजरायलले जवाफी कारबाही गरे थप मिसाइल प्रहार गर्ने धम्की पनि इरानले दिएको छ । शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका जनताको मृत्युको जहाफमा यी आक्रमणहरू गरिएको बताएको छ।

हमलाका क्रममा इजरायलका महत्त्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाइएको  विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलमाथि इरानले हमला गरेपछि विश्वभर तरंग छाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्