२१ जेठ २०८३, बिहीबार

बाबर आजमले दिए पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

असोज १६, २०८१
काठमाडौं
बाबर आजमले दिए पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमार्फत् पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । 

उनले गरेको पोष्टमा आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका छन् । उनले आफ्ना फ्यानहरूलाई पनि धन्यवाद दिएका छन् ।

आजमले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, 'फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु। टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर, अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।'

salt training

कमेन्ट गर्नुहोस्