३० जेठ २०८३, शनिबार

दाउन्ने सडक बुधबार बिहानैदेखि सञ्चालनमा, सवारी चापका कारण एकतर्फी खुलाइयो

असोज १६, २०८१
बुटवल
दाउन्ने सडक बुधबार बिहानैदेखि सञ्चालनमा, सवारी चापका कारण एकतर्फी खुलाइयो

निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । गएराति मर्मतका लागि सडक बन्द गरिएको थियो । 

मर्मतपछि सडक पूणरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । रातको समयमा रोकिएका सवारी साधनको चापका कारण मर्मत भएको स्थानमा अहिले एकतर्फी रूपमा सवारी साधनलाई आवतजावत गराउँदै आइएको र चाप कम भएपछि दुईतर्फी सञ्चालन हुने उनले बताए । 

सडक पूर्णरूपमा मर्मत हुन नसकेकाले दिउँसोको समयमा सवारी साधन सञ्चालन गर्दै सडक छेउबाट मर्मतको काम हुने छ । पानी परेमा भने कुनै पनि बखत सडक अवरुद्ध हुन सक्ने एसपी फुयालले बताए । भासिएको सडक छेउको भित्तालाई फोडेर सडक फराकिलो पार्ने काम गरिँदै आइएको छ । सडक ४ मिटर भासिएको छ ।  

सोमबार दिउँसो दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि सडक भासिएको हो । यसैबीच, सडक छेउमा ढलेको विद्युत हाइटेन्सन लाइनलाई व्यवस्थित गर्नेबारे विद्युत प्राधिकरणसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्