०४ साउन २०८३, सोमबार
अवैद्य क्रसर उद्योगको उपज​

रोशी खोलाको बाढीले खण्डहर बन्यो बस्ती, ढले पक्की घर [फोटो फिचर]

असोज १६, २०८१
काठमाडौं
रोशी खोलाको बाढीले खण्डहर बन्यो बस्ती, ढले पक्की घर [फोटो फिचर]

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ती अहिले खण्डहर बनेको छ ।

अधिकांश घरहरू  बगरमा परिणत भएका छन् । बाँकी रहेका घरहरू पनि बस्न नमिल्ने अवस्थामा छन्।  

बाढीले किसानले खेतबारीमा लगाएको अन्नबाली, खोला छेउमा रहेका घर, स्कूल, टिपरदेखि डोजरसम्म बगाएर लागेको छ ।​

अधिकांश स्थानीयहरूको एउटै आवाज छ, 'हामी जोगियौं, तर सबै गुमायौं, अब कसरी उठ्ने थाहा छैन ।'

विपद्को आज ६ दिन बितिसक्दा पनि राज्यका संयन्त्र नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

पनौती नगरपालिकाका अनुसार हालसम्म पनौतीमा २० जनाको मृत्यु भएको छ ।

१ हजारभन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएको छन् भने क्षतिको आकलन एकिन हुन सकेको छैन ।​​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्