२६ जेठ २०८३, मंगलबार

जसले हजारभन्दा बढी खेल खेले, पाएनन् कुनै रेड कार्ड

असोज १६, २०८१
काठमाडौं
जसले हजारभन्दा बढी खेल खेले, पाएनन् कुनै रेड कार्ड

मंगलवार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका स्पेनका लिजेन्ड फूटबलर आन्द्रेस इनियस्टाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेको छ । झण्डै २३ वर्षे खेल जीवनमा उनका विभिन्न पाटाबारे चर्चा भइरहेको हो ।

null 

त्यसो त इनियस्टामाथि चर्चा गर्ने धेरै नै विषय छन् । यसमध्ये उनी अनुशासित खेलाडी भएको चर्चा अहिले अलि बढी नै भइरहेको छ । हुन पनि उनले आफ्नो करिअरमा १ हजार १६ खेल खेले तर एउटा पनि रातो (रेड) कार्ड पाएनन् । यो फूटबलमा दुर्लभमध्येको एक कीर्तिमान हो 

null 

स्पेनले पहिलोपटक विश्वकप फूटबलको उपाधि जित्दा इनियस्टाले नै एकमात्र विजयी गोल गरेका थिए । यो उनका लागि एउटा अविष्मरणीय क्षण हो ।

null 

इनियस्टाले करिअरमा एक विश्वकप, दुई युरोकप, चार च्याम्पियन्स लिगसँगै थुप्रै उपाधि जिते । उनले स्पेन राष्ट्रिय टोलीका लागि १३१ खेल खेल्दै १३ गोल गरेका छन् ।

null

इनियस्टाले जितेका चारवटै च्याम्पियन्स लिगका उपाधि बार्सिलोनामा रहँदा सम्भव भएका थिए । उनी बार्सिलोकाका पूर्वकप्तानसमेत हुन् ।

इनियस्टाले पछिल्लो समय यूएईको इमिरेट्स क्लबबाट खेलेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्