२२ जेठ २०८३, शुक्रबार

सेप्टेम्बरमा करिब १ लाख पर्यटक नेपाल भित्रिए

असोज १६, २०८१
काठमाडौं
सेप्टेम्बरमा करिब १ लाख पर्यटक नेपाल भित्रिए
फाइल तस्वीर

​सेप्टेम्बरमा झन्डै एक लाख पर्यटकहरू नेपाल भित्रिएका छन् ।

सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटकहरू नेपाल भित्रिएको अध्यागमन विभागको तथ्याङ्कले देखाएको हो ।

अध्यागमन विभागका अनुसार सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ पर्यटकहरू नेपाल आएका थिए । जुन यस वर्ष ४ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरमा सबैभन्दा बढी २२ हजार ९८४ पर्यटकहरू भारतबाट आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ८४ पर्यटकहरू नेपाल भित्रिएका छन् ।

त्यसै गरी, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलङ्काबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३, बङ्गलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, साउथ कोरियाबाट २३५१ र मलेसियाबाट २ हजार २८० पर्यटकहरू नेपाल आएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्