२१ जेठ २०८३, बिहीबार

बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो, २२ अझै बेपत्ता

असोज १७, २०८१
काठमाडौं
बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो, २२ अझै बेपत्ता

हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । अझै २२ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । विपद्‌मा परी १६९ जना घाइते भएका छन् । 

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । 

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ । 

अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न प्रयास गरिरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्