
इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा प्रवेश गरेको छ । सो क्षेत्रमा हिजबुल्लाहसँगको भिडन्तमा ८ इजरायली सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
हिजबुल्लाहले ३ वटा इजरायली ट्याङ्क पनि ध्वस्त पारेको दाबी गरेको छ ।
यो आक्रमणबाट भएको क्षतिको थप विवरण आइसकेको छैन ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।
त्यसैको बदलास्वरूप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् ।
मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो ।
इजरायल लेबनानमा हिजबुल्लाह, गाजामा हमास, इरान र यमनमा हुथी विद्रोहीसँग लडिरहेको छ ।
त्यसपछि तनाव झन् बढेको छ ।
इजरायलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश आउन प्रतिबन्ध लगाएको छ ।