०९ असार २०८३, मंगलबार

दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

असोज १७, २०८१
बाँके
दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’
फाइल तस्वीर

छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । 

छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उनले  रिफ्लेक्टर लगाउन  सहज नभएको गुनासो गरे । 

छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उनले बताए । हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण सङ्कलन नभएको जानकारी प्रमुख बमले दिए । 

salt training

कमेन्ट गर्नुहोस्