१३ असार २०८३, शनिबार

गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

असोज १७, २०८१
गोरखा
गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध
प्रतीकात्मक तस्वीर ।

गोरखाको शहीदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । 

शहीदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युतका खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीले जानकारी दिए ।

‘झोलुङ्गे पुलसँगै विद्युतका चारवटा खम्बामा बाढीले क्षति पुर्याएको छ,’ उनले भने, ‘खम्बामा टाँगिएका सबै तार  त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए । ‘पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ,’ उनले भने, ‘तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको शहीदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए । –रासस 

salt training

कमेन्ट गर्नुहोस्