
आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-१ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।