२६ जेठ २०८३, मंगलबार

क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको ज्यान गयो

असोज १७, २०८१
विराटनगर
क्रसरले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको ज्यान गयो

मोरङको केराबारीमा क्रसर उद्योगले खनेको खाल्डोमा परेर नाबालक दाजुभाइको ज्यान गएको छ ।

केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीवार भूपेन चौलागाईँ र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दाजु भूपेन १० वर्षका तथा भाइ रामचरण ६ वर्षका थिए । 

मृत फेला परेका नाबालकका बुवा तोयानाथ चौलागाईँ त्यही क्रसरका कामदार रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 

पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा रामचरणको शव भेटिएको थियो । रामचरणको शव स्थानीयले निकालेर प्रहरीलाई बुझाएका थिए । 

लगत्तै उनको शव प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

खोजी गर्ने क्रममा रामचरणका दाजु भूपेनको शवसमेत त्यही खाल्डोमा भेटिएको छ । आफन्तले भूपेनको शव भने बिहीवार रातिसम्म निकाल्न दिएका छैनन् । उनीहरूले छानबिन गर्नु पर्ने माग राखेर शव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।

एसपी कार्की अनुसार पौडी खेल्न खाल्डोमा पसेका बालक बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ । 

उक्त क्रसर केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतले सञ्चालन गरेको स्थानीयले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्