०५ असार २०८३, शुक्रबार

सडकबाट बाहिरिँदै १० लाख यात्रु

असोज २३, २०८१
काठमाडौं
सडकबाट बाहिरिँदै १० लाख यात्रु

चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ । मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्