
विशाल मिल्टन आँधीले विनाश निम्त्याउने आशंकाबीच अमेरिकाको फ्लोरिडा राज्यमा उच्च सतर्कता अपनाइएको छ ।
आँधी मंगलबार फ्लोरिडाको टेम्पा खाडीको तटतर्फ बढिरहेको छ ।
आँधीको जोखिमलाई ध्यानमा राख्दै फ्लोरिडा प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ ।
१० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। विशाल मिल्टन आँधी हेलेन आँधीले विनाश मच्चाएको २ हप्ताभन्दा कम समयमा आएको हो ।
आँधी मिल्टन बुधबार तटमा ठोक्किन सक्ने भएकाले फ्लोरिडाको घनाबस्ती भएको पश्चिमी तटमा जोखिम उत्पन्न हुन सक्छ ।
अमेरिकी अधिकारीहरूले भनेका छन्- मिल्टन पश्चिम र मध्य फ्लोरिडामा अहिलेसम्मको सबैभन्दा विनाशकारी आँधीमध्ये एक बन्न सक्छ ।
टेम्पा खाडीको उत्तर र दक्षिण तटीय क्षेत्रहरूमा १० देखि १५ फिटसम्मको छाल आउन सक्ने अनुमान गरिएको ।