महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला शुरू भएको छ ।
अनादिकालदेखि नै बडादशैंका बेला औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरमा भूतमेला लाग्ने गरेको पुजारी कामेश्वर झाले बताए ।
विजयादशमीका दिनसम्म चल्ने मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
भूतप्रेतले सताएको ठान्नेहरू यस मेलामा आउने गर्छन् । सोनामाईको कृपाले स्वस्थ हुने जनविश्वास रहेको अर्का पुजारी झगरु झाले बताए ।
पीडितहरू मन्दिरको सीमाक्षेत्रमा आउने बित्तिकैको कसबाट सताइएको हो भन्नेबारे आफैं भन्न थाल्छन् ।
त्यसपछि देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ देवीको दरबारसम्म पुग्ने गर्छन् ।
दरबारमा पुगेका पीडितमाथि माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको अर्का पुजारी रमेश झाको दाबी छ ।