२४ असार २०८३, बुधबार
अमेरिकामा मिल्टन आँधी

अमेरिकामा दशकौंयताकै ठूलो विपत्ति, फ्लोरिडाको तटीय क्षेत्रमा भागाभाग

असोज २३, २०८१
काठमाडौं
अमेरिकामा दशकौंयताकै ठूलो विपत्ति, फ्लोरिडाको तटीय क्षेत्रमा भागाभाग
टाम्पा बे क्षेत्रबाट सुरक्षित स्थानतर्फ भाग्ने सर्वसाधारणको जाम | Photo : AP

अमेरिकाको फ्लोरिडा राज्यस्थित तटीय क्षेत्रमा  विशाल आँधीका कारण त्रास फैलिएको हो ।

फ्लोरिडाको टाम्पा खाडीतर्फ अगाडि बढेको आँधी अझै पूर्ण क्षमतासहित मानव बस्तीमा पुगिसकेको छैन ।

तटीय क्षेत्रका बासिन्दाहरू आँधीको त्रासले विस्थापित भएका छन् । अधिकांश मानिस सुरक्षित स्थानमा जान दौडधूप गरिरहेका छन्।

यो आँधीले फ्लोरिडाको टाम्पा खाडी क्षेत्रमा ठूलो क्षति पुर्‍याउने आशंका छ।

मिल्टन पाँचौं श्रेणीको आँधी हो, जसमा हावाको गतिमा १६५ माइल प्रतिघण्टा (२७० कीमी प्रतिघण्टा) सम्म हुन्छ ।

null

बुधबार राति यो आँधी पूर्णरूपमा बस्तीमा पुग्ने अनुमान छ। केही हप्ताअघि हेलिन आँधीले यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

राष्ट्रपति जो बाइडेनले मंगलबार फ्लोरिडाको तटीय क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अपिल गरेका छन् ।

'यो जीवन-मरणको सवाल हो,' बाइडेनले भनेका छन् ।

यससँगै फ्लोरिडा राज्यले वर्षौंयताको ठूलो उद्धार अभियान थालेको छ।

प्रभावित क्षेत्रका एक बासिन्दा जेराल्ड लेमसले बीबीसीसँग भनेका छन्– 'श्रेणी पाँचको आँधी भनेको ठूलो बवण्डर हो, म त्यहाँ बस्न चाहन्नँ ।'

उनी आफ्नी ८ वर्षकी छोरीको सुरक्षाका लागि पहिलोपटक घर छाडेर अन्यत्र गएका छन् ।

मिल्टनले फ्लोरिडाको ठूलो जनसंख्या भएको पश्चिमी तटमा भारी क्षति पुर्‍याउने त्रास छ ।

null

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले राज्यले उद्धार केन्द्रहरू तयार पारेको जानकारी दिए।

साउथ फ्लोरिडामा पेट्रोलको अभाव देखिएको छ । कतिपय ठाउँमा ग्यास स्टेसनहरूमा लामो लाइन लागेको छ।

केही मानिसहरू ग्यास नपाएर राजमार्गमा अलपत्र परेका छन्।

राष्ट्रपति बाइडेनले भनेका छन्, 'यो आँधी फ्लोरिडाको शताब्दीकै ठूलो आँधी हुनसक्छ। अहिले नै सुरक्षित स्थानमा जानुहोस् ।'

बाइडेनले जर्मनी र अंगोलाको भ्रमण रद्द गरेर विपदको पूर्व तयारीमा ध्यान केन्द्रित गरेका छन्।

फ्लोरिडामा बुधबारका लागि निर्धारित १५ सय हाराहारीका उडान रद्द गरिएको बीबीसीले उल्लेख गरेको छ ।

​यसअघिकै हेलिन आँधीको क्षतिबाट माथि उठ्न केही वर्ष लाग्न सक्ने अधिकारीहरूको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्