०१ साउन २०८३, शुक्रबार

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना, १५ जना घाइते

असोज २३, २०८१
काठमाडौं
बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना, १५ जना घाइते

बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको यात्रुबहाक जीप बुधबार दिउँसो गुल्मी रुद्रवेणीमा दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन् । 

सत्यवती गाउँपालिका–१ रुद्रवेणी नजिकै लु १ ज २०८८ नम्बरको जीप दुर्घटनामा पर्दा १५ जना घाइते भएका हुन् भने एक जनाको अवस्था गम्भीर छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये १ जनाकोको अवस्था गम्भीर, ११ जना मध्यम र ३ जना सामान्य रहेका छन् ।

घटनामा बाग्लुङको बरेङ गाउँपालिका–३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि रिफर गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्