
आईसीसी महिला टी- २० विश्वकप क्रिकेटमा भारतले टस जितेर श्रीलंकाविरुद्ध ब्याटिङ रोजेको छ ।
यूएईमा जारी प्रतियोगितामा भारतले टस जितेर ब्याटिङ रोजेको हो ।
समूह एको तेस्राे खेलमा दुईबीच प्रतिस्पर्धा भइरहेको हो ।
समूहका ५ टोलीमध्ये श्रीलंका दुईखेलबाट कुनै अंक जोड्न नसक्दा पाँचौ स्थानमा छ ।
भारतको दुई खेलबाट २ अंकमात्रै छ । पुछारमा रहेकोले दुवै टिम जित्नैपर्ने दबाबमा छन् ।
अष्ट्रेलियाको २ खेलबाट ४ अंक भएको छ ।
दोस्रो स्थानको पाकिस्तान र तेस्रो स्थानको न्यूजिल्याण्डको पनि २ अंक नै छ ।