
टिकटकले नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यशाला कार्यक्रम गरेको छ ।
हालै मास्टरक्लास नामक कार्यशाला गर्दै आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरू लक्षित गर्दै सो कार्यक्रम गरिएकाे हाे।
एकदिने कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्नेबारे गहन प्रशिक्षण प्राप्त गरेका थिए।
कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो।
सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको जानकारी गराइएको थियो ।
उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए।
त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो। कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो।
ग्रो विथ टिकटक कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको थियो । किनकि सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीहरूसँग जोडिन, अनुभवहरू बाँड्न र साझा चुनौती र समाधानका बारेमा छलफल गर्ने मौका पाएका थिए।
यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच हार्दिकताको भावनालाई बढावा दिँदै थप साझेदारी र सामूहिक विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
यो पहल डिजिटल युगमा फस्टाउनका लागि आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने टिकटकको फराकिलो प्रतिबद्धताको एक हिस्सा हो।
साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले यसलाई प्रबर्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य राखेको छ।
टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। टिकटकले रचनात्मकतालाई प्रेरित गर्ने र मानिसहरूलाई मनोरञ्जन दिलाउँदै आएको छ ।