
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान गर्ने भएका छन् ।
उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते विजयादशमीका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २:३० बजेदेखि ४:०० बजेसम्मको समय तोकिएको जनाएको हो ।
सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिल समेत गरेको छ ।