२५ असार २०८३, बिहीबार

जीतगढी सराय व्यवस्थापन समितिले पूर्णिमाका दिन बुटवलमा सराय नाच देखाउने

असोज २५, २०८१
बुटवल
जीतगढी सराय व्यवस्थापन समितिले पूर्णिमाका दिन बुटवलमा सराय नाच देखाउने

जीतगढी सराय व्यवस्थापन समिति बुटवल–१३ ले दशैंको पूर्णिमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ ।

विगतका वर्षहरूमा जस्तै असोज ३० गते पूर्णिमामा सराय नाच देखाउन लागिएको समितिले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि सराय नाच प्रदर्शन गर्न लागिएको बताए ।

वि.सं. २०७० सालदेखि देखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईं सरेर बुटवल आएकाहरूको पहलमा सराय नाच राखिएको अध्यक्ष थापाले बताए ।

सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ ।

सराय नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्ने छ ।

लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले नाचको उद्घाटन गर्ने कार्यक्रम छ ।

समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि शुरू भएर ५ बजे सराय नाच देखाइने बताए ।

तरबार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा लोकप्रिय छ ।
 

salt training

कमेन्ट गर्नुहोस्