१४ असार २०८३, आइतबार

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

असोज २५, २०८१
धनुषा
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । 

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीवार साँझ ८:३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा  बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । 

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्