०७ साउन २०८३, बिहीबार

दशैँमा घर जाने रहरः एक सातामा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

असोज २५, २०८१
काठमाडौं
दशैँमा घर जाने रहरः एक सातामा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या शुक्रवारसम्मको हो । १८ लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकोमा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएको महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए । 

‘हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ,’ उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’

अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । 
 

कमेन्ट गर्नुहोस्