०२ साउन २०८३, शनिबार

दृष्टिविहीनताको प्रतीक सेतो छडी

असोज २९, २०८१
काठमाडौं
दृष्टिविहीनताको प्रतीक सेतो छडी
  • निर्मला ज्ञवाली

विगत लामो समयदेखि अक्टोबर १५ लाई सेतो छडी दिवसका रूपमा मनाउँदै आइएको छ । ​

विश्वभरका दृष्टिविहीन व्यक्तिहरू हिँडडुल गर्दा सहायक सामग्रीको रूपमा सेतो छडीलाई प्रयोग गर्दछन् । अरू सामान्य लठ्ठी लिएर हिँड्दा र सेतो छडी लिएर हिँड्दा खासै भिन्नता हुँदैन । तर, अन्तर्राष्ट्रियरूपमा सेतो छडी लिएर हिँड्ने व्यक्ति दृष्टिविहीन या दुवै आँखा नदेख्ने व्यक्ति हुन् भनेर चिन्ने गरिन्छ । 

दृष्टिविहीनहरूले हातमा सेतो छडी लिएर हिँडेको देखेमा सवारी चालकलगायत अन्य देख्ने व्यक्तिहरूमा पनि सहयोग गर्ने सोचको विकास हुन सक्छ भने सेतो छडी समातेको व्यक्तिले बाटो काट्न खोज्दा आफ्ना सवारी साधनलाई रोकी दृष्टिविहीन व्यक्तिलाई बाटो काट्न दिनुपर्छ भन्ने पनि ज्ञान हुन्छ ।

सेतो छडीको बीच भागमा रातो रंगको स्टिकर टाँसिएको हुन्छ, जसले रातो रंगको ट्राफिक संकेतको काम गर्छ । 

सेतो छडी दृष्टिविहीन व्यक्तिहरूका लागि एक अभिन्न अंग भएता पनि आर्थिक अभाव, सही सहजीकरणको कमी र अपांगतालाई सहजरूपमा स्वीकार गर्ने वातावरणको अभावले यसको प्रयोग पूर्ण रूपमा हुन सकेको छैन ।

दृष्टिविहीन व्यक्तिलाई आधारभूत सीपको रूपमा शिक्षा प्रारम्भ भएसँगै सेतो छडी चलाउन सिकाउनु अति आवश्यक छ । अभिभावक, शिक्षक र सरोकारवालाहरू सबैले अनिवार्य शिक्षाको रूपमा यसको प्रयोग गराउनुपर्छ । 

कतिपय दृष्टिविहीन व्यक्तिहरूले सेतो छडी प्रयोग गर्न हिच्किचाउने, लाज मान्ने गरेको पाइन्छ । तर, यसलाई आफ्नो पहिचान र गौरवको रूपमा प्रयोग गर्दा आत्मबल बढ्ने र सुरक्षित पनि हुने हुन्छ । अहिलेसम्म सेतो छडी देशमा उत्पादन हुन नसक्दा, महंगो मूल्यमा खरिद गर्नुपर्दा र बिग्रिएमा मर्मत गर्ने ठाउँ समेत नहुँदा सेतो छडी प्रयोगकर्तालाई निकै गाह्रो भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्