![बुवाको शवयात्रामा छोराले गराए 'डीजे डान्स', भोजपुरी गीतमा यसरी नाचे महिलाहरू [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/shabyatra_TwUTNbzMuh.jpg)
कसैको मृत्यु हुँदा सबै दुखी हुन्छन् । अन्तिम यात्रामा कुनै कोलाहल हुँदैन । हामी शिष्टता देखाउँछौं ।
कतिपयले भने बाजासम्म बजाएर अन्तिम यात्रा पनि गर्छन् । तर, बिहारको एउटा अन्तिम यात्रा उत्सवमा परिणत भयो ।
सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । यसमा व्यक्तिको अन्तिम यात्रा भइरहेको छ । तर यो अन्तिम यात्रामा डीजे बजिरहेको छ।
अनि केही महिलाहरू डीजेको अगाडि नाचिरहेका छन् । जसमा भोजपुरी गीत बजिरहेको छ ।
केही भारतीय मिडिया रिपोर्टमा यो भिडियो बिहारको भएको बताइएको छ ।
बुवाको अन्त्येष्टिमा एक व्यक्तिले नाच र डीजेको आयोजना गरेका थिए ।
यस्तो डान्स देखेर बुबा सधैं खुसी हुने भएकाले छोराले यस्तो गरेको बताइन्छ ।
भिडियो
Bihar is not even for dead 🗿 pic.twitter.com/ayvAoiUZt1
— ज़िन्दगी गुलज़ार है ! (@Gulzar_sahab) September 27, 2024