
कैलालीको जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको छ ।
पासोमा परेको वयस्क भालेलाई हिजो बिहान बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो ।
उद्धारगरी थप उपचार र पुनःस्थापनाका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सब डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।