१९ असार २०८३, शुक्रबार

दशैंको अवधिमा कोशीमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

कात्तिक १, २०८१
विराटनगर
दशैंको अवधिमा कोशीमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

दशैंको अवधिमा कोशी प्रदेशका २६९ ठाउँमा सवारी दुर्घटना भएका छन् । जसमा १४ जनाको मृत्यु भएको छ । 

असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म २६९ ठाउँमा भएका दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

३९ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । 

मृत्यु हुनेमा १३ जना पुरुष र एक जना महिला छन् । दुर्घटनामा परी मृत्यु हुनेको संख्या सबैभन्दा बढी मोरङमा रहेको छ । मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गम्भीर घाइते १६ जना भएका छन् । 

त्यसैगरी सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र सात जना गम्भीर घाइते भएका छन् । त्यस्तै झापामा ७२ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ । 

१२ दिनमा ७ हजार ५९१ वटा सवारी साधनलाई कारवाही गरेर ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व असुली गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

गत वर्ष कोशी प्रदेशमा दशैंको ६ दिनमा १३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्