०६ साउन २०८३, बुधबार

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

कात्तिक १, २०८१
काठमाडौं
बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सम्पन्न भएको अदालतको वेबसाइटमा उल्लेख छ ।

सर्वोच्च अदालतमा कार्यरत उपरजिष्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनको आधारमा घिमिरेविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।

दशैं बिदाअघि नै दायरा भएको उक्त मुद्दाको सुनुवाइ कात्तिक १ गते (आज)का लागि तोकिएको थियो ।

न्यायाधीश नियुक्तिमा तत्कालीन प्रधानन्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठले लेनदेन गरेको आरोप लगाएको भन्दै घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

पछि घिमिरेले आफू कसैको गोटी नबन्ने भन्दै अवहेलना मुद्दाको निवेदन फिर्ता लिने भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्