२९ असार २०८३, सोमबार

सलमानको बंगलाको रेक्की गर्ने लरेन्स गिरोहका गुण्डा 'शार्प शूटर कलुया' पक्राउ

कात्तिक १, २०८१
काठमाडौं
सलमानको बंगलाको रेक्की गर्ने लरेन्स गिरोहका गुण्डा 'शार्प शूटर कलुया' पक्राउ
सलमान खान ।

भारतको हरियाणा र मुम्बई प्रहरीले संयुक्त अपरेशनमा शार्प शूटर सुखा कलुयालाई पक्राउ गरेको छ । सुखा लरेन्स विश्नोई गिरोहको सदस्य रहेको बताइएको छ । 

उनीमाथि सलमान खानको बान्द्रास्थित बंगला रिसेजगरी उनीमाथि हमलाको योजना बनाएको आरोप छ । 

मुम्बईको पनवेल सिटी पुलिस र हरियाणा प्रहरीले उनलाई पानीपतस्थित होटलबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार कानुनी औपचारिकता पूरा गरेपछि हरियाणा प्रहरीले सुखालाई मुम्बई पुलिसलाई सुम्पेको थियो। 

मुम्बई पुलिसले बाबा सिद्दीकी हत्या प्रकरणमा अनुसन्धान गरिरहेको बेला उनको गिरफ्तारी भएको हो ।

यसै वर्ष १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो । जसको जिम्मेवारी लरेन्स विश्नोई गिरोहले लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्