
कास्कीमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका- ६ लेकसाइडस्थित ४८ वर्षीय वीरेन्द्र लामाको हिमाली किचेनमा जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ४८ हजार ५ सय ५७ रुपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ती तास समेत बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।