०१ साउन २०८३, शुक्रबार
काज मिलाएर भ्रमण

अर्थका कर्मचारीको विदेश मोह : ३ महिनामै ३५ जना उडे, चीनदेखि अमेरिका पुग्नेको लर्को

कात्तिक १, २०८१
काठमाडौं
अर्थका कर्मचारीको विदेश मोह : ३ महिनामै ३५ जना उडे, चीनदेखि अमेरिका पुग्नेको लर्को

चालू आर्थिक वर्षको ३ महिनामा अर्थ मन्त्रालयका ३ दर्जन कर्मचारी विदेश भ्रमणमा गएको पाइएको छ । साउनदेखि असोज ३० सम्म काज र तालिम भन्दै सहसचिवदेखि शाखा अधिकृतसम्मका ३५ जना कर्मचारीले विदेश भ्रमण गरेका हुन् ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार सहसचिवहरू धनिराम शर्मा, महेश भट्टराई, मदन दाहाल, श्रीकृष्ण नेपाल र नारायणप्रसाद शर्माले यसबीचमा विदेश भ्रमण गरेका छन् ।

सहसचिव शर्माले उज्बेकिस्तानको काज भ्रमण गर्दा सहसचिवद्वय महेश भट्टराई र मदन दाहाल चीनको बेइजिङ पुगे । सहसचिव श्रीकृष्ण नेपालले तालिमका नाममा अमेरिकाको एटलान्टा भ्रमण गर्दा अर्का सहसचिव नारायणप्रसाद रिसालले फिलिपिन्सको मनिलामा काज भ्रमण गरे ।

त्यसैगरी, उपसचिव सुनिलकुमार यादवले फिल्ड वर्क भन्दै थाइल्यान्डको बैंकक र उपसचिव डिलाराम गिरीले तालिम भनेर भारतको नयाँ दिल्ली भ्रमण गरे ।

उपसचिव देवानन्द काफ्ले तालिमका नाममा अमेरिकाको वासिङ्टन डीसी पुग्दा अर्का उपसचिव जगदिश्वर उपाध्यायले अमेरिकाकै एटलान्टा भ्रमण गरे ।

त्यसैगरी, उपसचिव घनश्याम सुवेदीले तालिमका नाममा जेनेभा भ्रमण गर्दा अर्का उपसचिव कञ्चन बस्नेत अस्ट्रिया पुगे । उपसचिव सुशीलकुमार शर्मा नेपालले तालिमका नाममा यूएईको अबुधाबी भ्रमण गर्दा अर्का उपसचिव केशवकुमार उप्रेती फिलिपिन्सको मनिला पुगे ।

यसैगरी उपसचिव ओमप्रकाश भट्टराई काज भन्दै फिनल्यान्डको हेलसिन्की भ्रमणमा पुगे भने अर्का उपसचिव रामप्रमोद यादव काज मिलाएर मनिला भ्रमण गर्न पुगे ।

उपसचिव ऋषिराम अधिकारीले काज भन्दै जर्मनीको म्युनिख र फ्रैंकफर्ट भ्रमण गर्ने अवसर पाए । त्यसैगरी शाखा अधिकृतहरू मात्रिका नेपालले अमेरिकाको एटलान्टा, रमेश भट्टराईले जर्मनी, पूनम भट्टले उज्बेकिस्तान, सावित्रा बस्नेत कार्कीले चीनको संघाई भ्रमण गर्ने अवसर पाए ।

शाखा अधिकृतहरू सन्तोष तामाङ चीनको बेइजिङ, सूर्यबहादुर कुँवर जापान, राजन थापा चीनको सांघाइ र ल्हासा, तुलसीराम पन्थी सांघाइ र तिब्बत तथा जीतबहादुर सुनारले बेइजिङ भ्रमणको अवसर पाए ।

नेपाल राष्ट्र बैंकबाट अर्थ मन्त्रालयमा खटिएका हरिकुमार नेपालले तीन महिनामै दुईपटक विदेश भ्रमण गरिसकेका छन् । उनले दुबईको सारजाह र अबुधाबी भ्रमण गरेका हुन् । त्यसैगरी, अर्थ मन्त्रालयका कर्मचारीहरू तारादेवी न्यौपाने,  इन्द्रमणि अधिकारी, जितेन्द्र शाक्य, विना श्रेष्ठ, गोविन्द अधिकारी र विनोद सुवेदीले चीन भ्रमणको अवसर पाउँदा राजकुमार श्रेष्ठ फ्रान्सको पेरिस पुगे ।

यसरी विगत ३ महिनामै ३ दर्जन कर्मचारीले काज र तालिम भन्दै विभिन्न देश भ्रमण गरेका छन् । अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीका अनुसार वर्षमा १ सयभन्दा बढी उच्च तहका कर्मचारीले विदेश भ्रमण गर्छन् ।

विदेश भ्रमण गर्न नपाएका १६ जना कर्मचारीहरूलाई भने स्वदेशकै विभिन्न जिल्लामा काज र तालिमका लागि अवसर प्रदान गरिएको थियो । 

हेर्नुहोस्, सूची :

null
 

salt training

कमेन्ट गर्नुहोस्