१६ असार २०८३, मंगलबार

बुटवलको चौराहा-गोलपार्क सडकको पुनः ठेक्का सम्झौता, १ वर्षको ‘डेडलाइन’

कात्तिक २, २०८१
बुटवल
बुटवलको चौराहा-गोलपार्क सडकको पुनः ठेक्का सम्झौता, १ वर्षको ‘डेडलाइन’

आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडिएको बुटवलको चौराहा–गोलपार्क सडकको पुनः ठेक्का सम्झौता भएको छ ।

झण्डै साढे तीन किलोमिटर सडक खण्ड ठेकेदारले अलपत्र पारेपछि १ वर्षभित्र निर्माण सक्ने गरी नयाँ ठेक्का लगाइएको हो ।

सडकको बाबुल दर्शन मालिका जेभी भैरहवासँग आगामी २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

६ लेन सडक विस्तार गर्न भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । 

पहिलोपटक सडक डिभिजन कार्यालय, बुटवलले कन्चनजङ्घा बिरुवा जेभीसँग २०७३ चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने ठेक्का सम्झौता गरेको थियो ।

तर ८ वर्षसम्म पटक-पटक म्याद थप्दासमेत सडक विस्तार नसकिएपछि गत वैशाखमा ठेक्का रद्द गरिएको थियो ।​

बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७  लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ८ वर्षमा जम्मा ५४ प्रतिशतमात्र काम गरेको पटक सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख जिबेन्द्र मिश्रले जानकारी दिए ।

null

उक्त निर्माण कम्पनीसँग २०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी यही असोज १८ गते ठेक्का सम्झौता भएको मिश्रले बताए ।

‘सडक निर्माण सम्झौता अवधि एक वर्षको छ,’ मिश्रले लोकान्तरसँग भने, ‘अहिले कन्टेक्टर स्थानीय पनि छ । समयमै काम गरेर लामो समय अलपत्र परेको सडक निर्माण हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

सम्झौताअनुसार निर्माण कम्पनीले अबको केही हप्ता दिनभित्र काम शुरू गर्नेछ ।

सडकमा फुटपाथ ३ मिटर, सर्भिस लेन ७ मिटर, ग्रीनबेल्ट र स्टल साढे २ मिटर र मुख्य लेन साढे १० मिटरको हुने कार्यालय सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

सडकमा नाइट स्टलसमेत राख्न मिल्ने गरी बनाइनेछ । गुणस्तर कायम गर्न र समयमै काम सम्पन्न गर्नको लागि जनताको निगरानी आवश्यक रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्ग राजमार्गको खण्ड हो । यहीँ खण्डमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग पनि पर्छ ।

दुई महत्त्वपूर्ण र अन्तर्राष्ट्रिय राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरूप जस्तै बनेको छ ।

सडककै कारण धेरै व्यवसायी विस्थापित समेत भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्