
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी मुख्यालयमा तानिएका छन् ।
आर्थिक अनियमितताको आरोपमा उनीविरुद्ध मुख्यालयको उजुरी छानबिन महाशाखा परेको थियो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले नवराजलाई मुख्यालयअन्तर्गतकै अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए ।
उनले सरुवाको कारणबारे थप बताउन चाहेनन् ।
मोरङमा विभागकै एसपी राजन लिम्बूलाई पठाइएको छ ।
एसपी कार्कीमाथि जिल्लामा घुमुवा राखेर सीमामा हुने तस्करी खुला गरेर आर्थिक अनियमितता गरेको आरोप छ ।