२७ जेठ २०८३, बुधबार

करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते

कात्तिक २, २०८१
महोत्तरी
करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते

महोत्तरीको गौशाला नगरपालिका– ३ पचाइन टोलमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । 

मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिना कुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरूलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नाङ्गो तारबाट उनीहरूलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर करिनाको घटनास्थलमै मृत्यु भएको हो । 

बहिनीलाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधा र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

उनीहरू दुवै जनाको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ । हाल उनीहरू स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कविहीन छन् ।

मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ ।

घटनाबारे अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्