२८ जेठ २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

रवि लामिछाने पक्राउपछि ओलीविरुद्ध रास्वपा कार्यकर्ताको चर्को नाराबाजी

कात्तिक २, २०८१
काठमाडौं
रवि लामिछाने पक्राउपछि ओलीविरुद्ध रास्वपा कार्यकर्ताको चर्को नाराबाजी
तस्वीर : नेपाल फोटो लाइब्रेरी

​सहकारी ठगीमा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपा कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

सहकारी ठगीको अनुसन्धानका लागि शुक्रबार साँझ ७ बजेको समयमा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा उपस्थित कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

सरकारले लामिछानेविरुद्ध प्रतिशोध साँचेको रास्वपा कार्यकर्ताले आरोप लगाएका छन् । 

सूर्यदर्शन सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलगायत मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिश गरेको थियो ।

गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छबिलाल जोशी बन्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

पक्राउ परेका लामिछानेलाई सडकमार्गबाट पोखरा लगिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्