२६ जेठ २०८३, मंगलबार

कोशी र बागमतीका केही ठाउँमा बिहानै वर्षा, दिउँसो कस्तो रहला देशभरको मौसम ?

कात्तिक ३, २०८१
काठमाडौं
कोशी र बागमतीका केही ठाउँमा बिहानै वर्षा, दिउँसो कस्तो रहला देशभरको मौसम ?

हाल कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ । 

दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानएको छ । 

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्