३१ असार २०८३, बुधबार

रवि पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

कात्तिक ३, २०८१
काठमाडौं
रवि पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

null

रास्वपाले शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाडौंको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई रात नै पोखरा पुर्‍याएको छ । 

रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्