२५ जेठ २०८३, सोमबार

कावासोती जीप दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

कात्तिक ३, २०८१
काठमाडौं
कावासोती जीप दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटनामा परेको हो । 

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ ।

घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ ।

क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।

मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्