
झापाको पाडाजुँगीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । आक्रोशित भीडले दुर्घटनामा संलग्न बस जलाएको हो ।
शनिवार पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसकाे ठक्करबाट मोटरसाइकल चालक मोरङको केराबारी–७ बस्ने अन्दाजी वर्ष ५५ का पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले लोकान्तरलाई जानकारी दिए ।
बस चालक सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
राईको मृत्यु भएपछि आक्रोशित भीडले सो बसमा आगजनी गरेको थियो । जसले गर्दा केहीबेर पूर्व–पश्चिम राजमार्गको पाडाजुँगी क्षेत्र बन्द भएको थियो ।
प्रहरीको प्रयासले बस पूरै जल्न नपाएको डीएसपी चन्दले बताए ।